Skip to content
Opens in a new window
Listen to this chapter • 2:58

[1] अब विश्‍वासीहरूका निम्ति भेटीको बारेमा गलातीका मण्डलीहरूलाई मैले निर्देशन दिएअनुसार तिमीहरूले गर्नू ।

[2] हप्‍ताको पहिलो दिन तिमीहरूको दक्षताअनुसार हरेकले केही जम्मा गरेर एक ठाउँमा भेला गर, ताकि म आउँदा भेटी उठाउन नपरोस् ।

[3] र जब म आइपुग्छु, तिमीहरूले समर्थन गरेका व्यक्‍तिको हातमा पत्र लेखेर तिमीहरूको भेटीलाई यरूशलेममा पठाइदिनेछु ।

[4] र म पनि जानको निम्ति उचित भयो भने, तिनीहरू मसँगै जानेछन् ।

[5] तर माकेडोनियाको यात्रा गरिसकेपछि म तिमीहरूकहाँ आउनेछु, किनकि म माकेडोनिया भएर जानेछु ।

[6] शायद म तिमीहरूसँगै बस्‍नेछु अथवा पुरै हिउँद बिताउनेछु, ताकि तिमीहरूले मेरो यात्रामा म जहाँ जान्‍छु त्‍यहाँ सहायता गर्न सक ।

[7] किनकि अब म छोटो समयको निम्ति मात्र तिमीहरूलाई भेट्न चाहन्‍नँ । यदि परमेश्‍वरले मलाई अनुमति दिनुभयो भने मैले तिमीहरूसँग केही समय बिताउने आशा राखेको छु ।

[8] तर म पेन्‍तिकोससम्म एफिससमा नै बस्‍नेछु ।

[9] किनकि मेरो निम्ति फराकिलो ढोका खोलिएको छ, तर त्‍यहाँ धेरै विरोधीहरू पनि छन् ।

[10] तिमोथी त्‍यहाँ आउँदा तिनलाई तिमीहरूसँग बिनाडर बस्‍न देओ, किनकि तिनी पनि मैले जस्‍तै परमेश्‍वरको सेवा गर्दछन् ।

[11] कसैले पनि तिनको अवहेलना नगरोस् । शान्‍तिसँग तिनको यात्रामा सहायता गर, ताकि तिनी मकहाँ आउन सकून् । किनकि तिनी अरू भाइहरूसँगै आउनेछन् भनी मैले आशा गरिरहेको छु ।

[12] अब हाम्रा भाइ अपोल्लोसको बारेमा भन्‍नुपर्दा मैले तिनलाई भाइहरूका साथ तिमीहरूकहाँ भेटघाटमा जानको निम्ति धेरै आग्रह गरेँ । तिनलाई तिमीहरूकहाँ आउन मन भएन । तापनि ठिक समयमा तिनी तिमीहरूकहाँ आउनेछन् ।

[13] सतर्क रहो; विश्‍वासमा दृढ बस; मानिस जस्‍तै बन र सामर्थी बन ।

[14] तिमीले जे गर्छौ, सबै प्रेममा गर ।

[15] स्तिफनासको घरानालाई तिमी जान्‍दछौ जो अखैयाका पहिलो विश्‍वासी हुन् । तिनीहरूले विश्‍वासीहरूको सेवाको निम्ति आफैँलाई समर्पित गरेका छन् । भाइहरू हो, म तिमीहरूलाई आग्रह गर्दछु कि

[16] त्‍यस्ता मानिसहरू र हामीलाई काममा सहायता गर्ने अनि हामीसँग परिश्रम गर्नेहरूको अधीनमा रहो ।

[17] स्तिफनास, फोर्टुनाटस र अखाइकसको आगमनमा म आनन्‍दित हुन्‍छु । तिनीहरूले तिमीहरूको अनुपस्थितिलाई पुरा गरिदिए ।

[18] किनकि तिनीहरूले मेरो र तिमीहरूको आत्मालाई ताजा पारिदिएका छन् । त्‍यसैले गर्दा मानिसहरूको कदर गर ।

[19] एसियामा भएका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् । अकिलास र प्रिस्काले र तिनीहरूको घरमा भएको मण्डलीले पनि तिमीहरूलाई प्रभुमा अभिवादन पठाएका छन् ।

[20] सबै भाइहरूले अभिवादन पठाएका छन् । एकले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर ।

[21] म पावल, मेरो आफ्नै हातले यो पत्र लेख्छु ।

[22] यदि कसैले प्रभुलाई प्रेम गर्दैन भने ऊ श्रापित होस् । हाम्रा प्रभु, आउनुहोस् ।

[23] हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस् ।

[24] ख्रीष्‍ट येशूमा तिमीहरू सबैलाई मेरो प्रेम छ ।

कोरिन्‍थीहरूलाई पावलको पहिलो पत्र — Chapters