Skip to content
Opens in a new window
Listen to this chapter • 9:48

[1] पर्खालको पुनर्निर्माण भइसकेपछि, मैले ढोकाहरू तिनको ठिक ठाउँमा लगाइसकेँ; र द्वारपालहरू, सङ्गीतकारहरू र लेवीहरू नियुक्त गरेँ।

[2] मैले आफ्नो भाइ हनानीलाई किल्‍लाको सेनापति हनन्याहसित यरूशलेमको अधिकारी नियुक्त गरेँ; किनकि हनन्याह एक विश्‍वासयोग्य, इमानदार र अरू मानिसहरूले भन्दा परमेश्‍वरको भय धेरै मान्‍ने गर्थे।

[3] मैले तिनीहरूलाई भनेँ, “घाम निकै चर्को नलागेसम्म यरूशलेमका मूलढोकाहरू नखोल्नू। द्वारपालहरू काममा रहेकै बेला तिनीहरूलाई ढोकाहरू बन्द गरेर आग्ला लगाउनलाई भन्‍नू। अनि यरूशलेमका बासिन्दाहरू केहीलाई तिनीहरूका अड्डामा र केहीलाई तिनीहरूका आफ्नै घर छेउमा पहरेदार पनि नियुक्त गर्नू।”

[4] अब सहर ठूलो र फराकिलो थियो, तर त्यस सहरमा मानिसहरू थोरै थिए; अनि घरहरूको पुनर्निर्माण अझसम्म भएको थिएन।

[5] यसकारण मेरा परमेश्‍वरले मेरो हृदयमा अगुवा मानिसहरू, अधिकृतहरू र साधारण मानिसहरूलाई परिवार-परिवार गरी भेला गरी नाम लेख्नलाई विचार हालिदिनुभयो। मैले पहिलो पटक फर्कनेहरूका वंशावलीको सूची भेट्टाएँ; अनि मैले त्यहाँ यसरी लेखिएको पाएँ:

[6] बेबिलोनका राजा नबूकदनेसरले कैदमा लगेकाहरूमध्येका कैदबाट फर्केर आउने प्रान्तका मानिसहरू यिनै हुन्ः तिनीहरू हरेक आफ्नै सहर यरूशलेम र यहूदामा फर्के।

[7] तिनीहरूसँगै यरुबाबेल, येशूआ, नहेम्याह, अजर्याह, रामियाह, नहामानी, मोर्दकै, बिल्शान, मिसपेरेत, बिग्वै, नहूम र बानाह फर्के। इस्राएलीहरूका पुरुषहरूको सूची:

[8] परोशका सन्तानहरू 2,172 जना;

[9] शपत्याहका सन्तानहरू 372 जना;

[10] अराहका सन्तानहरू 652 जना।

[11] पहत-मोआबका सन्तानहरू (येशूआ र योआबको वंशबाट) 2,818 जना;

[12] एलामका सन्तान 1,254 जना;

[13] जत्तूका सन्तान 845 जना;

[14] जक्‍कैका सन्तान 760 जना;

[15] बिन्‍नूईका सन्तान 648 जना;

[16] बेबैका सन्तान 628 जना;

[17] अज्गादका सन्तान 2,322 जना;

[18] अदोनीकामका सन्तान 667 जना;

[19] बिग्वैका सन्तान 2,067 जना;

[20] आदीनका सन्तान 655 जना;

[21] आतेरका सन्तान (हिजकियाबाट) 98 जना;

[22] हाशूमका सन्तान 328 जना;

[23] बेजैका सन्तान 324 जना;

[24] हारीपका सन्तान 112 जना;

[25] गिबोनका सन्तान 95 जना।

[26] बेथलेहेमका र नतोपाका मानिसहरू 188 जना;

[27] अनातोतका मानिसहरू 128 जना;

[28] बेथ-अज्मावेतका मानिसहरू 42 जना;

[29] किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू 743 जना;

[30] रामा र गेबाका मानिसहरू 621 जना;

[31] मिकमाशका मानिसहरू 122 जना;

[32] बेथेल र ऐका मानिसहरू 123 जना;

[33] अर्को नेबोका मानिसहरू 52 जना;

[34] अर्को एलामका मानिसहरू 1,254 जना;

[35] हारीमका मानिसहरू 320 जना;

[36] यरीहोका मानिसहरू 345 जना;

[37] लोद, हादीद र ओनोका मानिसहरू 721 जना;

[38] सेनाहका मानिसहरू 3,930 जना।

[39] पुजारीहरू: यदायाहका सन्तानहरू (येशूआको परिवारबाट) 973 जना;

[40] इम्मेरको परिवारबाट 1,052 जना;

[41] पशहूरको परिवारबाट 1,247 जना;

[42] हारीमको परिवारबाट 1,017 जना।

[43] लेवीहरू: येशूआका सन्तानहरू (होदवियाहको वंश, कदमिएलबाट) 74 जना।

[44] गायकहरू: आसापका सन्तानहरू 148 जना।

[45] मन्दिरका द्वारपालहरू: शल्‍लूम, आतेर, तल्मोन, अक्‍कूब, हतीता र शोबैका सन्तानहरू 138 जना।

[46] मन्दिरका सेवकहरू: तिनीहरूका सन्तानहरू: सीहा, हसूपा, तब्बाओत,

[47] केरोस, सीआ, पादोन,

[48] लेबाना, हागाबा, शल्मै,

[49] हानान्, गिद्देल, गहर,

[50] रायाह, रसीन, नकोदा,

[51] गज्जाम, उज्जा, पसेह,

[52] बेसै, मोनीम, नेपुसीम,

[53] बक्बूक, हकूपा, हरहूर,

[54] बस्लूत, महीदा, हर्शा,

[55] बर्कोस, सीसरा, तेमह,

[56] नसीह र हतीपा।

[57] सोलोमनका सेवकहरूका सन्तानहरू: सोतै, सोपेरेत, परीदा,

[58] याला, दर्कोन, गिद्देल,

[59] शपत्याह, हत्तील, पोकेरेत-हसेबायीम र आमोनका सन्तानहरू।

[60] मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानको 392 जना।

[61] तेल-मेलह, तेल-हर्शा, करूब, आद्दान र इम्मेरका सहरहरूबाट आएकाहरू, जसले आफ्ना परिवारहरूलाई इस्राएलका सन्तानहरूबाट आएका हुन् भनी प्रमाण दिन सकेनन्। निम्न लिखित व्यक्तिहरू तिनीहरूका सन्तानहरू हुन्:

[62] दलायाह, तोबिया र नकोदाक सन्तानहरू 642 जना।

[63] पुजारीहरूमध्येबाट: होबायाह, हक्‍कोस र बर्जिल्‍लैका सन्तानहरू (जसले गिलादी बर्जिल्‍लैकी छोरी विवाह गरेका थिए, र त्यही नामले बोलाइएका थिए)।

[64] यिनीहरूले आफ्ना परिवारका विवरण सूचिहरू खोजे, तर भेट्टाएनन्। यसकारण तिनीहरू अशुद्ध ठहरिए, र पुजारी पदबाट निकालिए।

[65] यसकारण राज्यपालले ऊरीम र तुम्मीमसित सेवा गर्ने एक जना पुजारी नभएसम्म तिनीहरूलाई महा-पवित्र भोजनबाट केही नखाने हुकुम दिए।

[66] सम्पूर्ण जनसमूहको संख्या 42,360 थियो।

[67] यसबाहेक तिनीहरूका 7,337 जना सेवक-सेविकाहरू पनि थिए। तिनीहरूसित 245 गायक-गायिकाहरू पनि थिए।

[68] उनीहरूसित 736 घोडाहरू, 245 खच्‍चरहरू,

[69] 435 ऊँटहरू र 6,720 गधाहरू थिए।

[70] परिवारका कतिपय अगुवाहरूले कामको निम्ति भेटी दिए। राज्यपालले भण्डारमा सुनका 1,000 डारिक, 50 वटा कचौराहरू र पुजारीहरूले लगाउने 530 वटा पोशाकहरू दिए।

[71] परिवारहरूका कतिपय अगुवाहरूले कामको निम्ति भण्डारमा 20,000 डारिक सुन, र 2,200 मीना चाँदी दिए।

[72] बाँकी रहेका मानिसहरूले 20,000 डारिक सुन, 2,200 मीना चाँदी र पुजारीहरूले लगाउने 67 वटा पोशाकहरू दिए।

[73] पुजारीहरू, लेवीहरू, द्वारपालहरू, गायक-गायिकाहरू र मन्दिरका सेवकहरू र केही मानिसहरू साथै बाँकी रहेका इस्राएलीहरू आ-आफ्नै सहरहरूमा बसोबास गर्न थाले। सातौँ महिनासम्ममा इस्राएलीहरू आफ्ना सहरहरूमा बसोबास गरे।

नहेम्याह — Chapters