Skip to content
Opens in a new window
Listen to this chapter • 8:11

[1] अब मानिसहरूका अगुवाहरूचाहिँ यरूशलेममा बसोबास गरे। बाँकी रहेका मानिसहरूले पवित्र सहर यरूशलेममा दश जनामध्ये एक जना बास बस्‍ने र बाँकी रहेका नौ जनाचाहिँ तिनीहरूका आफ्नै सहरहरूमा बास बस्‍ने विषयमा चिट्ठा हाले।

[2] यरूशलेममा बास बस्‍न इच्छा गर्नेहरू सबैलाई मानिसहरूले प्रशंसा गरे।

[3] यिनीहरू प्रदेशका अगुवाहरू थिए, जो यरूशलेममा बसोबास गर्थे। (अब केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू, मन्दिरका कर्मचारीहरू र सोलोमनका चाकरहरूका सन्तानहरू यहूदामा विभिन्‍न सहरहरूमा आफ्नै सम्पत्ति लिएर बसेका थिए।

[4] तर यहूदा र बेन्यामीन दुवै कुलका अरू मानिसहरूचाहिँ यरूशलेममा बसोबास गरेका थिए।) यहूदाका सन्तानहरूबाट: पेरेसको वंशका अतायाह, जो उज्जियाहका छोरा, जो जकरियाका छोरा, जो अमर्याहका छोरा, जो शपत्याहका छोरा, जो महाललेलका छोरा थिए।

[5] मासेयाह, जो बारूकका छोरा, जो कोल-होजेका छोरा, जो हजायाहका छोरा, जो अदायाहका छोरा, जो यहोयारीबका छोरा, जो जकरिया छोरा, जो शेलहका छोरा थिए।

[6] यरूशलेममा बस्‍ने पेरेसका सबै चार सय अठसट्ठी मानिसहरू वीर योद्धा थिए।

[7] बेन्यामीनका सन्तानहरूबाट: सल्‍लू मशुल्‍लामका छोरा, जो योएदका छोरा, जो पदायाहका छोरा, जो कोलायाहका छोरा, जो मासेयाहका छोरा, जो इतीएलका छोरा, जो यशयाहका छोरा थिए।

[8] अनि सल्‍लूको पछि लाग्नेहरू गब्बै र सल्‍लैसहित नौ सय अट्ठाइस मानिसहरू थिए।

[9] जिक्रीका छोरा योएल तिनीहरूका प्रमुख अधिकृत थिए। हस्सेनूअका छोरा यहूदाचाहिँ सहरको दोस्रो प्रमुख अगुवा थिए।

[10] पुजारीहरूबाट: यदायाह, यहोयारीबका छोरा, र याकीन;

[11] सरायाह, जो हिल्कियाहका छोरा, जो मशुल्‍लामका छोरा, जो सादोकका छोरा, जो मरायोतका छोरा, जो अहीतूबका छोरा, जो परमेश्‍वरको भवनको रेखदेख गर्थे।

[12] तिनीहरूका आठ सय बाइस जना सहयोगीहरू, जसले मन्दिरको निम्ति सेवा गर्थे। अदायाह यरोहामका छोरा, जो पलल्याहका छोरा, जो अम्सीका छोरा, जो जकरियाका छोरा, जो पशहूरका छोरा, जो मल्कियाहका छोरा थिए।

[13] अदायाहका दुई सय बयालीस जना सहयोगीहरू, जो परिवारका अगुवाहरू थिए। अमाश्शै, जो अजरेलका छोरा, जो अहजैका छोरा, जो मशिल्‍लेमोतका छोरा, जो इम्मेरका छोरा थिए।

[14] तिनीहरूका एक सय अट्ठाइस साहसी सहयोगीहरू थिए। तिनीहरूका प्रमुख अधिकृतचाहिँ हग्गदोलिमका छोरा जब्दीएल थिए।

[15] लेवीहरूबाट: शमायाह, जो हश्शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्याहका छोरा, जो बुन्‍नीका छोरा थिए।

[16] शब्बतै र योजाबाद, लेवीहरूका दुई जना अगुवा थिए, जसले परमेश्‍वरको भवनमा बाहिरी कामको जिम्मा पाएका थिए।

[17] धन्यवाद र प्रार्थनाको अगुवाइ गर्ने निर्देशक, मीकाका छोरा मत्तन्याह, जो जब्दीका छोरा, जो आसापका छोरा थिए; मत्तन्याहका सहयोगीहरूमा दोस्रो बक्बुक्याह; अनि शम्मूअका छोरा अब्दा, जो गलालका छोरा, जो यदूतूनका छोरा थिए।

[18] पवित्र सहरमा भएका लेवीहरूको जम्मा संख्या दुई सय चौरासी थियो।

[19] द्वारपालहरू: अक्‍कूब, तल्मोन र मूलढोकामा पहरा दिने तिनीहरूका एक सय बहत्तर जना सहयोगीहरू, जसले ढोकाको पहरेदार गर्थे।

[20] बाँकी रहेका इस्राएलीहरू, पुजारीहरू र लेवीहरूसित आ-आफ्ना पैतृक सम्पत्तिको जमिन यहूदाका सबै सहरहरूमा बसोबास गर्थे।

[21] मन्दिरका कर्मचारीहरू ओपेल डाँडामा बस्थे; अनि सीहा र गिश्पा तिनीहरूका जिम्मावाल थिए।

[22] यरूशलेमका लेवीहरूका मुख्य अधिकृत बानीका छोरा उज्जी, जो हशब्याहका छोरा, जो मत्तन्याहका छोरा, जो मीकाका छोरा थिए। उज्जीचाहिँ परमेश्‍वरको भवनको सेवाको जिम्मावाल रहेका आसापका सङ्गीतकार सन्तानहरूमध्ये एक थिए।

[23] सङ्गीतकारहरू राजाको आदेशमुनि थिए। राजाको आदेशले तिनीहरूका दैनिक कामको निर्देशन गर्दथ्यो।

[24] यहूदाका छोरा जेरहका सन्तानहरूमध्ये एक जना मशेजबेलका छोरा पतहयाह, सारा मानिसहरू सम्बन्धी सबै मामिलाहरूमा राजाका एक विशेष प्रतिनिधि थिए।

[25] गाउँहरूमा तिनीहरूका खेतबारीहरू सहित, यहूदाका केही मानिसहरू किर्यत-अर्बा र त्यसका वरिपरिका बस्तीहरू, दीबोन र त्यसका वरिपरिका बस्तीहरू, यक्‍कब्सेल र त्यसका गाउँहरू,

[26] येशूआमा, मोलादामा, बेथ-पेलेतमा;

[27] हसर-शूआल, बेर्शेबा र त्यसका बस्तीहरूमा;

[28] सिक्लगमा, मकोना र त्यसका बस्तीहरूमा,

[29] एन-रिम्मोनमा, सोराहमा, यर्मूतमा,

[30] जानोह, अदुल्‍लाम र तिनीहरूका गाउँहरूमा, लाकीश र त्यसका खेतहरूमा, र अजेका र त्यसका बस्तीहरूमा, यसरी तिनीहरू टाढामा रहेको बेर्शेबादेखि हिन्‍नोमको बेँसीसम्म बसेका थिए।

[31] बेन्यामीनका सन्तानहरू गेबादेखि यी ठाउँहरूमा बस्थेः मिकमाश, अय्या, बेथेल र त्यसका बस्तीहरूमा,

[32] अनातोत, नोब र अनन्याहमा,

[33] हासोर, रामा र गित्तैममा,

[34] हादीद, सबोयीम र नबल्‍लतमा,

[35] लोद, ओनो र सिल्पकारहरूको बेँसी गे-हाराशिममा बसे।

[36] यहूदाका लेवीहरूका केही दलहरूचाहिँ बेन्यामीनमा बसोबास गरे।

नहेम्याह — Chapters