[1] शालतिएलका छोरा यरुबाबेल र येशूआसित कैदबाट फर्कने पुजारीहरू र लेवीहरू यिनै थिए: सरायाह, यर्मिया, एज्रा,
[2] अमर्याह, मल्लूक, हत्तूश,
[3] शकन्याह, रेहूम, मरेमोत,
[4] इद्दो, गिन्नतोन, अबीयाह,
[5] मिय्यामीन, मअद्याह, बिल्गा,
[6] शमायाह, यहोयारीब, यदायाह,
[7] सल्लू, आमोक, हिल्कियाह र यदायाह। येशूआको समयमा पुजारीहरू र तिनीहरूका सहयोगीहरूका अगुवाहरू यिनीहरू नै थिए।
[8] लेवीहरू यिनीहरू नै थिएः येशूआ, बिन्नूई, कदमिएल, शेरेबियाह, यहूदा र मत्तन्याह, जो तिनका सहयोगीहरूसित धन्यवादी गीतहरूका जिम्मेवार थिए।
[9] तिनीहरूका सहयोगीहरू उन्नी र बक्बुक्याह सङ्गीत सेवाहरूमा तिनीहरूको सामु उभिन्थे।
[10] येशूआ योयाकीमका पिता थिए, योयाकीम एल्यासीबका पिता थिए, एल्यासीब यहोयादाका पिता थिए।
[11] यहोयादा जोनाथनका पिता थिए, अनि जोनाथन यद्दूआका पिता थिए।
[12] योयाकीमको समयमा यिनै पुजारी परिवारहरूका अगुवाहरू थिए: सरायाहका परिवारका मरायाह; यर्मियाका हनन्याह;
[13] एज्राका मशुल्लाम; अमर्याहका येहोहानान;
[14] मल्लूकका जोनाथन; शकन्याहका योसेफ;
[15] हारीमका अदना; मरायोतका हल्कै;
[16] इद्दोका जकरिया; गिन्नतोनका मशुल्लाम;
[17] अबीयाहका जिक्री; मिन्यामीन र मोअद्याहका पिल्तै;
[18] बिल्गाका शम्मूआ; शमायाहका यहोनातान;
[19] यहोयारीबका मत्तनै; यदायाहका उज्जी;
[20] सल्लूका कल्लै; आमोकका एबेर;
[21] हिल्कियाहका हशब्याह; यदायाहका नथनिएल।
[22] एल्यासीब, यहोयादा, योहानान र यद्दूआका साथै पुजारीहरूको पनि समयमा लेवीहरूका परिवारका अगुवाहरू परसीयाका राजा दाराको शासनकालमा दर्ता गरिएका थिए।
[23] एल्यासीबका छोरा योहानानको समयसम्मका लेवीका सन्तानहरूका परिवारका अगुवाहरू इतिहासको पुस्तकमा लेखिएका थिए।
[24] लेवीहरूका अगुवाहरू यिनीहरू नै थिएः हशब्याह, शेरेबियाह, कदमिएल छोरा येशूआ र तिनीहरूका सहयोगीहरू, परमेश्वरका जन दावीदले तोकिदिएअनुसार तिनीहरू पालैपालो धन्यवाद र प्रशंसा चढाउन एक दल अर्को दलको सामु खडा हुन्थे।
[25] मत्तन्याह, बक्बुक्याह, ओबदियाह, मशुल्लाम, तल्मोन र अक्कूबचाहिँ द्वारपालहरू थिए, जो मूलढोकाहरूका भण्डार कोठाहरूमा पहरा दिन्थे।
[26] तिनीहरूले येशूआका छोरा, योसादाकका नाति योयाकीमको पालोमा र राज्यपाल नहेम्याह र पुजारी शिक्षक एज्राका पालामा सेवा गरेका थिए।
[27] यरूशलेमको पर्खालको समर्पणमा धन्यवादी गीतहरूको साथै झ्याली, वीणा र सारङ्गीको सङ्गीतको साथमा आनन्दसाथ समर्पणको उत्सव मनाउनका लागि लेवीहरूलाई तिनीहरू बसोबास गरेका ठाउँहरूबाट खोजी निकालेर यरूशलेममा ल्याइयो।
[28] यरूशलेमका चारैतिरका इलाकाहरूबाट पनि सङ्गीतकारहरूलाई नतोपातीहरूका गाउँहरूबाट ल्याइयो।
[29] बेत-गिलगालबाट, गेबा र अज्मावेतका इलाकाहरूबाट आए; किनकि सङ्गीतकारहरूले आफ्ना निम्ति यरूशलेमका वरिपरि गाउँहरू बसाएका थिए।
[30] पुजारीहरू र लेवीहरूले आफूलाई विधिपूर्वक शुद्ध पारे; साथै तिनीहरूले मानिसहरू, मूलढोकाहरू र पर्खाललाई शुद्ध पारे।
[31] त्यसपछि मैले यहूदाका अगुवाहरूलाई पर्खालमाथि जान लगाएँ। मैले दुई वटा ठूला गायन झुण्डहरूलाई पनि धन्यवाद चढाउने काममा नियुक्त गरेँ। एक दलचाहिँ पर्खालमाथि चढेर दाहिनेपट्टि फोहोर ढोकातिर जानुपर्ने थियो।
[32] होशायाह र यहूदाका आधा भाग अगुवाहरूले तिनीहरूलाई पछ्याए;
[33] अनि अजर्याह, एज्रा, मशुल्लाम,
[34] यहूदा, बेन्यामीन, शमायाह, यर्मिया,
[35] केही पुजारीहरू तुरही सहित र जकरिया जोनाथनका छोरा, जो शमायाहका छोरा, जो मत्तन्याहका छोरा, जो मीकायाका छोरा, जो जक्कूरका छोरा, जो आसापका छोरा थिए;
[36] अनि जकरियाका सहयोगी दाजुभाइहरू शमायाह, अजरेल, मिललै, गिललै, माए, नथनिएल, यहूदा र हनानी—तिनीहरू परमेश्वरका जन दावीदले तोकिदिएका वाद्य-वाजाहरूसित थिए। व्यवस्थाको शिक्षक एज्रालेचाहिँ शोभायात्राको नेतृत्व गरे।
[37] फोहरा मूलढोकामा तिनीहरूले दावीदको सहरका खुड्किलाहरूमा सोझै माथि उक्लँदै अगि बढे, र पर्खालमाथि चढे। त्यसपछि तिनीहरू दावीदको घरमाथिबाट पार भएर पूर्वतिरको पानी मूलढोकामा गए।
[38] गायन-झुण्डको दोस्रो दलचाहिँ विपरीत दिशातिर बढे। म आधा मानिसहरूसँगै पर्खालको माथिसम्म तिनीहरूका पछि-पछि गएँ र भट्टीको धरहरा पार गरेर चौडा पर्खालसम्म गएँ।
[39] एफ्राइम मूलढोकामाथि, येशना ढोका, माछा ढोका, हननेलको धरहरा र सयको धरहराहुँदै भेडा ढोकासम्म गएँ। अनि तिनीहरू पहरेदार ढोकामा रोकिए।
[40] धन्यवाद चढाइसकेपछि दुई वटा गायन झुण्डहरू परमेश्वरको भवनमा तिनीहरूका ठाउँमा बसे; अनि मैले पनि तिनीहरूसित त्यसै गरेँ, अर्थात् अधिकृतहरूको आधा भागहरूसँग बसेँ।
[41] साथै पुजारीहरू एल्याकीम, मासेयाह, मिन्यामीन, मीकाया, एल्योएनै, जकरिया र हनन्याहसँगै तिनीहरूका तुरही बजाउँदै हिँडे।
[42] साथै मासेयाह, शमायाह, एलाजार, उज्जी, येहोहानान, मल्कियाह, एलाम र एजेर थिए। गायन झुण्डले यिज्रयाहको निर्देशनमा गीत गाए।
[43] परमेश्वरले तिनीहरूलाई ठूलो आनन्द दिनुभएकोमा त्यस दिन तिनीहरूले आनन्दसाथ ठूलो बलिदानहरू चढाए। स्त्रीहरू र केटाकेटीहरूले पनि आनन्द मनाए। यरूशलेममा हर्ष मनाइएको आवाज धेरै टाढासम्म पनि सुन्न सकिन्थ्यो।
[44] त्यस बेला भेटीहरू, अगौटे फलहरू र दशांशहरूका भण्डार कोठाहरूको जिम्मावाल हुनलाई मानिसहरू नियुक्त गरियो। तिनीहरूले सहरहरूका वरिपरिका खेतहरूबाट व्यवस्थाअनुसार पुजारीहरू र लेवीहरूका निम्ति तोकिएका भागहरू भण्डार कोठाहरूमा जम्मा गर्नुपर्थ्यो, किनकि सेवा गर्ने पुजारीहरू र लेवीहरूसित सारा यहूदाबासीहरू खुशी थिए।
[45] तिनीहरूले आफ्ना परमेश्वरको सेवा र शुद्धीकरणको सेवा गर्थे। सङ्गीतकारहरू र द्वारपालहरूले पनि दावीद र तिनका छोरा सोलोमनका आदेशअनुसार सेवा गर्थे।
[46] किनकि धेरै समयअगि दावीद र आसापका समयमा सङ्गीतकारहरूका निम्ति र परमेश्वरलाई प्रशंसा र धन्यवादका गीतहरू गाउनेहरूका निम्ति निर्देशकहरू हुन्थे।
[47] यसकारण यरुबाबेल र नहेम्याहका दिनहरूमा सारा इस्राएलले सङ्गीतकारहरू र द्वारपालहरूका निम्ति दैनिक भागहरू दिए। तब तिनीहरूले अरू लेवीहरूका निम्ति पनि भाग छुट्याएर राख्थे; अनि लेवीहरूले चाहिँ हारूनका सन्तानको भाग छुट्ट्याए।