[1] हे दाजुभाइ-दिदीबहिनीहरूहो, यदि कुनै मानिस पापमा पक्राउ पर्यो भने, तिमीहरू जो आत्मिक छौ, तिमीहरूले नै उसलाई नम्रतासाथ सुधार गर, तर तिमी आफै पनि होसियारी बस; नत्र ता तिमी पनि परीक्षामा परौला।
[2] एक-अर्काको बोझ उठाओ, र यसरी नै ख्रीष्टको व्यवस्था पूरा गर।
[3] यदि जसकसैले आफू केही नभए तापनि केही हौं भनी सोच्दछ भने तिनीहरूले आफूलाई धोका दिन्छन्।
[4] तिनीहरू सबैले आफ्नो कामको जाँच गर्नुपर्छ। तब तिनीहरूले आफूलाई अरू कसैसँग तुलना नगरीकन आफैमा गर्व गर्न सक्छन्।
[5] किनकि हरेक आफ्नो कार्यको आफै जिम्मेवार हुन्छ।
[6] तापनि जसले वचनको शिक्षा पाउँछ, आफ्ना सबै असल थोकहरू वचन सिकाउनेसँग बाँडचुँड गर्नुपर्दछ।
[7] धोखामा नपर: परमेश्वरसँग ठट्टा हुँदैन। किनकि मानिसले जे रोप्दछ, त्यसैको कटनी पनि गर्नेछ।
[8] जसले आफ्नो शरीरको पाप-स्वभावलाई खुशी पार्न रोप्दछ, त्यसले पापमय स्वभावबाट नै सर्वनाशको कटनी गर्नेछ, तर जसले परमेश्वरको आत्माको लागि रोप्दछ, त्यसले परमेश्वरको आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ।
[9] हामी भलाइ गर्न नथाकौं; किनकि यदि हिम्मत हारेनौं भने हामीले ठीक समयमा फसल कटनी गर्नेछौं।
[10] यसकारण अवसर पाएअनुसार सबै मानिसहरूको भलाइ गर्दै जाऔं, विशेष गरी विश्वासीहरूको परिवारलाई भलाइ गरौं।
[11] हेर, मैले तिमीहरूलाई आफ्नै हातले कति ठूला-ठूला अक्षरमा पत्र लेखेको छु।
[12] जो पापमय स्वभावद्वारा मानिसहरूलाई प्रभाव पार्न चाहन्छ, तिनीहरूले तिमीहरूलाई खतना गर्न बाध्य गराउँछन्। उनीहरूले यसो गराउनुको कारणचाहिँ ख्रीष्टको क्रूसको सन्देशबाट हुने सतावटबाट जोगिनलाई मात्र हो।
[13] खतना गर्नेहरूले पनि व्यवस्था पालन गर्दैनन्, तापनि तिमीहरूको खतना भएको तिनीहरू चाहन्छन्, ताकि तिमीहरूको शरीरको खतनामा उनीहरूले घमण्ड गर्न सकून्।
[14] मैले हाम्रा प्रभु येशू ख्रीष्टको क्रूसमा बाहेक अरू कुनै कुरामा घमण्ड गर्न नपरोस्, जसद्वारा मचाहिँ संसारको निम्ति र संसार मेरो निम्ति क्रूसमा टाँगिएको छ।
[15] खतना होस् वा बेखतनाको होस् कुनै अर्थ छैन, तर ख्रीष्टमा भएको नयाँ सृष्टिचाहिँ अर्थपूर्ण छ।
[16] यो नियम पालन गर्ने सबैलाई र परमेश्वरको इस्राएललाई शान्ति र कृपा।
[17] अन्त्यमा, अबदेखि उसो कसैले मलाई कष्टमा नपारोस्, किनकि मैले मेरो शरीरमा येशूका डामहरू धारण गरेको छु।
[18] दाजुभाइ-दिदीबहिनीहरूहो, हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्। आमेन!