Skip to content
Opens in a new window
Listen to this chapter • 8:22

[1] बेबिलोनका राजा नबूकदनेसरले बेबिलोन कैदमा लगेकाहरूमध्येका कैदबाट फर्केर आउने प्रान्तका मानिसहरू यिनै हुन्ः तिनीहरू हरेक आफ्नै सहर यरूशलेम र यहूदामा फर्के। (तिनीहरू

[2] यरुबाबेल, येशूआ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसित यरूशलेम र यहूदामा आ-आफ्नै नगरमा फर्किएका थिए): इस्राएलीहरूका पुरुषहरूको सूची:

[3] परोशका सन्तानहरू 2,172 जना;

[4] शपत्याहका सन्तानहरू 372 जना;

[5] अराहका सन्तानहरू 775 जना;

[6] पहत-मोआबका सन्तानहरू (येशूआ र योआबको वंशबाट) 2,812 जना;

[7] एलामका सन्तान 1,254 जना;

[8] जत्तूका सन्तान 945 जना;

[9] जक्‍कैका सन्तान 760 जना;

[10] बानीका सन्तान 642 जना;

[11] बेबैका सन्तान 623 जना;

[12] अज्गादका सन्तान 1,222 जना;

[13] अदोनीकामका सन्तान जम्मा 666 जना;

[14] बिग्वैका सन्तान 2,056 जना;

[15] आदीनका सन्तान 454 जना;

[16] आतेरका सन्तान (हिजकियाबाट) 98 जना;

[17] बेजैका सन्तान 323 जना;

[18] योराका सन्तान 112 जना;

[19] हाशूमका सन्तान 223 जना;

[20] गिब्बारका सन्तान 95 जना;

[21] बेथलेहेमका मानिसहरू 123 जना;

[22] नतोपाका मानिसहरू 56 जना;

[23] अनातोतका मानिसहरू 128 जना;

[24] अज्मावेतका मानिसहरू 42 जना;

[25] किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू 743 जना;

[26] रामा र गेबाका मानिसहरू 621 जना;

[27] मिकमाशका मानिसहरू 122 जना;

[28] बेथेल र ऐका मानिसहरू 223 जना;

[29] नेबोका मानिसहरू 52 जना;

[30] मग्बीसका मानिसहरू 156 जना;

[31] अर्को एलामका मानिसहरू 1,254 जना;

[32] हारीमका मानिसहरू 320 जना;

[33] लोद, हादीद र ओनोका मानिसहरू 725 जना;

[34] यरीहोका मानिसहरू 345 जना;

[35] सेनाहका मानिसहरू 3,630 जना।

[36] पुजारीहरू: यदायाहका सन्तानहरू (येशूआको परिवारबाट) 973 जना;

[37] इम्मेरको परिवारबाट 1,052 जना;

[38] पशहूरको परिवारबाट 1,247 जना;

[39] हारीमको परिवारबाट 1,017 जना।

[40] लेवीहरू: येशूआका र कदमिएलका सन्तानहरू (होदवियाहको वंश) 74 जना।

[41] गायकहरू: आसापका सन्तानहरू 128 जना।

[42] मन्दिरका द्वारपालहरू: शल्‍लूम, आतेर, तल्मोन, अक्‍कूब, हतीता र शोबैका सन्तानहरू 139 जना।

[43] मन्दिरका सेवकहरूका सन्तानहरू: सीहा, हसूपा, तब्बाओत,

[44] केरोस, सीआ, पादोन,

[45] लेबाना, हागाबा, अक्‍कूब,

[46] हागाब, शल्मै, हानान,

[47] गिद्देल, गहर, रायाह,

[48] रसीन, नकोदा, गज्जाम,

[49] उज्जा, पसेह, बेसै,

[50] अस्‍ना, मोनीम, नेपुसीम,

[51] बक्बूक, हकूपा, हरहूर,

[52] बस्लूत, महीदा, हर्शा,

[53] बर्कोस, सीसरा, तेमह,

[54] नसीह र हतीपा।

[55] सोलोमनका सेवकहरूका सन्तानहरू: सोतै, सोपेरेत, परुदाका सन्तानहरू,

[56] याला, दर्कोन, गिद्देल,

[57] शपत्याह, हत्तील, पोकेरेत-हसेबायीम र आमी

[58] मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तान 392 जना।

[59] तेल-मेलह, तेल-हर्शा, करूब, आद्दान र इम्मेरका सहरहरूबाट आएकाहरू, जसले आफ्ना परिवारहरूलाई इस्राएलका सन्तानहरूबाट आएका हुन् भनी प्रमाण दिन सकेनन्। निम्न लिखित व्यक्तिहरू तिनीहरूका सन्तानहरू हुन्:

[60] दलायाह, तोबिया र नकोदाका सन्तानहरू 652 जना।

[61] अनि पुजारीहरूमध्येबाट: होबायाह, हक्‍कोस र बर्जिल्‍लैका सन्तानहरू (जसले गिलादी बर्जिल्‍लैकी छोरी विवाह गरेका थिए, र त्यही नामले बोलाइएका थिए)।

[62] यिनीहरूले आफ्ना परिवारका विवरण सूचिहरू खोजे, तर भेट्टाएनन्। यसकारण तिनीहरू अशुद्ध ठहरिए, र पुजारी पदबाट निकालिए।

[63] राज्यपालले ऊरीम र तुम्मीमसित सेवा गर्ने एक जना पुजारी नभएसम्म तिनीहरूलाई महा-पवित्र भोजनबाट केही नखाने हुकुम दिए।

[64] सम्पूर्ण जनसमूहको संख्या 42,360 जना थियो।

[65] यसबाहेक तिनीहरूका 7,337 जना सेवक-सेविकाहरू पनि थिए। तिनीहरूसित 200 गायक-गायिकाहरू पनि थिए।

[66] तिनीहरूका 736 घोडा, 245 खच्‍चर,

[67] 435 ऊँट र 6,720 वटा गधा थिए।

[68] जब तिनीहरू यरूशलेममा याहवेहको भवनमा आइपुगे, तब केही परिवारका अगुवाहरूले परमेश्‍वरको भवन पहिलेकै ठाउँमा पुनर्निर्माण गर्नलाई स्वेच्छा-भेटीहरू दिए।

[69] तिनीहरूले आफ्ना क्षमताअनुसार भवन पुनर्निर्माणको निम्ति 61,000 डारिक सुन, 5,000 मीना चाँदी र 100 पुजारीका पोशाकहरू दिए।

[70] पुजारीहरू, लेवीहरू, गायक-गायिकाहरू, द्वारपालहरू र मन्दिरका सेवकहरू तिनीहरूका आ-आफ्नै सहरहरूमा, अन्य अरू केही मानिसहरूसँगै बसोबास गरे। अनि बाँकी इस्राएलीहरूचाहिँ आ-आफ्ना सहरहरूमा बसोबास गरे।

एज्रा — Chapters