Skip to content
Opens in a new window
Listen to this chapter • 2:13

[1] प्रिय एल्डर गायसलाई, जसलाई म सत्‍यतामा प्रेम गर्छु ।

[2] प्रिय, म प्रार्थना गर्छु, कि जसरी तिम्रो प्राणको उन्‍नति हुन्‍छ त्‍यसरी नै तिमीले सबै कुराहरूमा उन्‍नति गर र स्वस्थ्य होओ ।

[3] किनकी जसरी तिमी सत्‍यमा हिँड्छौ त्‍यस्तै जब भाइहरू आएर तिम्रो सत्‍यताप्रति गवाही दिए म अति आनन्‍दित भएँ ।

[4] यो भन्‍दा अर्थात् मेरा छोराछोरीहरू सत्‍यतामा हिँड्छन् भनी सुन्‍नु भन्‍दा अरू कुनै ठूलो आनन्‍द मसँग हुँदैन ।

[5] प्रिय, भाइहरू र परदेशीहरूको निम्ति काम गर्दा तिमी विश्‍वासयोग्यताको अभ्यास गर्छौ,

[6] जसले मण्डलीको सामु तिम्रो प्रेमको गवाही दिन्‍छन् । तिमीहरूले तिनीहरूलाई तिनीहरूका यात्रामा परमेश्‍वरको योग्य हुने तरिकाले पठाउन असल गर्छौ,

[7] किनकि अन्‍यजातिहरूबाट केही नलिइ नाउँको खातिर तिनीहरू गए ।

[8] त्‍यसकारण यस्ताहरूलाई हामीले स्वागत गर्नुपर्छ, ताकि हामी सत्‍यताको लागि सहकर्मीहरू बन्‍न सकौँ ।

[9] मैले मण्डलीको निम्ति केही लेखेँ, तर डियोत्रिफस जसले तिनीहरूमा पहिलो हुन रुचाउछन् तिनले हामीलाई स्वीकार गर्दैन ।

[10] यसकारण यदि म आएँ भने त्‍यसले गर्ने कामहरू अर्थात् त्‍यसले कुवाक्यहरूसहित हाम्रो विरुद्ध कसरी हाँस्यास्पद कुराहरू भन्‍छ म सम्झनेछु । यी कुराहरूले मात्र सन्‍तुष्‍ट नभएर, त्‍यो आफैँले भाइहरूलाई स्वीकार गर्दैन । यसो गर्न इच्‍छा गर्नेहरूलाई पनि त्‍यसले निषेध गर्छ र तिनीहरूलाई मण्डलीबाट निकाली दिन्‍छ ।

[11] प्रिय, जे खराब छ त्‍यसको अनुकरण नगर, तर जे असल छ त्‍यसको अनुरण गर । जसले असल गर्दछ त्‍यो परमेश्‍वरको हो; जसले दुष्‍ट कर्म गर्छ त्‍यसले परमेश्‍वरलाई देखेको छैन ।

[12] डेमेत्रियसको बारेमा सबैद्वारा र सत्‍यता आफैँद्वारा पनि गवाही दिइन्‍छ । हामी पनि गवाही दिन्‍छौँ, र तिमी जान्‍दछौ, कि हाम्रो गवाही सत्‍य छ ।

[13] मैले तिमीलाई लेख्‍नु धेरै कुराहरू छन्, तर मैले तिनीहरूलाई कागज र मसीले लेख्‍ने इच्‍छा गर्दिनँ ।

[14] तर तिमीलाई छिट्टै भेट्ने आशा गर्छु, र हामी आमने सामने कुरा गर्नेछौँ ।

[15] तिमीलाई शान्‍ति होस् । मित्रहरूले तिमीलाई अभिवादन गर्छन् । मित्रहरूलाई नाउँद्वारा अभिवादन गर ।