Skip to content
Opens in a new window
Listen to this chapter • 1:46

[1] यसकारण जब हामीले अरू धेरै सहन सकेनौँ, तब एथेन्समा एकलै रहन उचित ठान्‍यौँ ।

[2] तिमीहरूको विश्‍वास दह्रिलो पार्न र तिमीहरूलाई सान्‍त्वना दिन हामीले हाम्रा भाइ तिमोथीलाई पठायौँ जो ख्रीष्‍टका सुसमाचार र परमेश्‍वरका सेवक हुन् ।

[3] यी कष्‍टहरूबाट कोही नखल्बलियोस्, किनकि यसैको खातिर हामी नियुक्त भएका छौँ ।

[4] साँच्‍चै हामीहरू तिमीहरूका बीचमा रहँदा पहिले नै भनेका थियौँ कि हामी कष्‍टका नजिक छौँ, तिमीहरूलाई थाहा नै छ यो हुन आयो ।

[5] यसैकारण, जब मैले सहनै सकिन तिमीहरूको विश्‍वासबारे जान्‍न र परीक्षा गर्नेवालाले तिमीहरूलाई परीक्षामा पारेर हाम्रो मेहनत व्यर्थमा जान्‍छ कि भनेर मैले उनलाई पठाएँ ।

[6] जब तिमोथी तिमीहरू कहाँबाट विश्‍वास र प्रेमको सुसमाचार लिएर आए कि तिमीहरूसँग सधैँ हामीसँगका असल क्षणहरूको सम्झना छ र जसरी हामी तिमीहरूलाई भेट्न उत्कट इच्‍छा गर्छौं त्‍यसै गरी तिमीहरू पनि हामीलाई हेर्न उत्कट इच्‍छा गर्छौ ।

[7] यसैले गर्दा, भाइहरू हो, हाम्रा सबै निराश र कष्‍टकर अवस्थामा तिमीहरूको विश्‍वासद्वारा हामीलाई सान्‍त्वना मिलेको छ ।

[8] यदि तिमीहरू प्रभुमा स्थिर रह्यौ भने, अब हामी साँच्‍चै जिउदछौँ ।

[9] तिमीहरूका कारण हामीमा भएको आनन्‍दको खातिर परमेश्‍वरको सामु हामी कसरी परमेश्‍वरलाई धन्‍यवाद चढाऔँ ?

[10] तिमीहरूको मुहार हेर्न र तिमीहरूको विश्‍वासमा जुन कुराको कमी छ, सो दिन सकौँ भनेर दिनरात हामी कडा मेहनतसाथ प्रार्थना गर्दछौँ ।

[11] हाम्रा परमेश्‍वर, र पिता आफैले र हाम्रा प्रभु येशूले, तिमीहरूकहाँ आउने ढोका खोलिदिऊन्,

[12] र प्रभुले तिमीहरूलाई एक अर्काप्रति र सबै मानिसहरूप्रति प्रेममा प्रशस्त गरी बढ्दै जान दिऊन् जसरी हामी तिमीहरूप्रति गर्दछौ ।

[13] हाम्रा प्रभु येशू उहाँका पवित्र जनहरूसँग आउनुहुँदा उहाँले हाम्रा पिताका सामु तिमीहरूलाई पवित्रतामा निष्‍‍कलङ्‌क बनाऊन् ।

थेसलोनिकीहरूलाई पावलको पहिलो पत्र — Chapters