Skip to content
Opens in a new window
Listen to this chapter • 1:39

[1] सुरुदेखि नै हुनुभएको जीवनको वचनको बारेमा, जुन हामीले सुनेका छौँ, हाम्रा आफ्नै आँखाले देखेका छौँ, हामीले विचार गरेका छौँ र हाम्रा आफ्नै हातहरूले छोएका छन्

[2] (अनि जीवन प्रकट गरियो र हामीले देखेका छौँ, गवाही दिन्‍छौँ, अनि तिमीहरूलाई अनन्‍त जीवन घोषणा गर्छौं जुन पितासँग थियो, र हामीलाई प्रकट गरिएको थियो);

[3] जुन हामीले देखेका र सुनेका छौँ, हामी तिमीहरूलाई पनि घोषणा गर्छौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्‌गति होस् । हाम्रो सङ्‌गति पिता र उहाँको पुत्र येशू ख्रीष्‍टसँग हुन्‍छ ।

[4] र तिमीहरूको आनन्‍द पुरा होस् भनेर हामी यी कुराहरू तिमीहरूलाई लेख्छौँ ।

[5] हामीले उहाँबाट सुनेको वचन यही हो र हामी तिमीहरूलाई घोषणा गर्छौं, कि परमेश्‍वर ज्‍योति हुनुहुन्‍छ र उहाँमा कुनै अन्धकार छैन ।

[6] हामीले उहाँसँग सगङ्‌ति गर्छौं भनी भन्‍छौँ र अन्धकारमा हिँड्छौँ भने, हामी झुट बोल्छौँ र सत्‍य व्यवहार गर्दैनौँ ।

[7] तर उहाँ ज्‍योतिमा हुनुभएझैँ हामी ज्‍योतिमा हिँड्छौँ भने, हामी एक अर्कासँग सङ्‌गति गर्छौं, र उहाँका पुत्र येशू ख्रीष्‍टको रगतले हामीलाई हाम्रा सबै पापबाट शुद्ध पार्छ ।

[8] यदि हामीले हामीसँग पाप छैन भन्‍छौँ भने, हामीले आफैँलाई धोका दिन्‍छौँ, र हामीसँग सत्‍य हुँदैन ।

[9] तर यदि हामीले आफ्ना पापहरू स्वीकार‍ गर्छौं भने उहाँ हामीलाई हाम्रा पापहरू क्षमा गर्न र सबै अधर्मबाट हामीलाई शुद्ध पार्न विश्‍वासयोग्य र धर्मी हुनुहुन्‍छ ।

[10] यदि हामीले पाप गरेका छैनौँ भन्‍छौँ भने हामीले उहाँलाई झुटा तुल्‍याउँछौँ, र उहाँको वचन हामीमा हुँदैन ।

यूहन्‍नाको पहिलो पत्र — Chapters