Skip to content
Opens in a new window
Listen to this chapter • 2:28

[1] अब भाइहरू हो, हाम्रो निम्ति प्रार्थना गर, ताकि हाम्रा प्रभुको वचन द्रुत गतिमा फैलियोस् र महिमित होस्, जसरी तिमीहरूका माझमा पनि भएको थियो ।

[2] र हामी दुष्‍ट र ईश्‍वरहीन मानिसहरूबाट छुटकारा हुन सकौँ, किनकि सबैसँग विश्‍वास छैन ।

[3] तर हाम्रा प्रभु विश्‍वासयोग्य हुनुहुन्‍छ, जसले तिमीहरूलाई स्थापना गर्नुहुन्‍छ र दुष्‍टताबाट सुरक्षा प्रदान गर्नुहुन्‍छ ।

[4] हामी तिमीहरूप्रति प्रभुमा विश्‍वस्त छौँ कि तिमीहरू दुवैले हामीले आज्ञा गरेका कामहरू गर्नेछौ र निरन्‍तरता दिइरहनेछौ ।

[5] प्रभुले तिमीहरूका हृदयलाई परमेश्‍वरको प्रेम, ख्रीष्‍टको सहनशीलतातर्फ अगुवाइ गर्नुभएको होस् ।

[6] अब हाम्रा प्रभु येशूको नाउँमा भाइहरूलाई आज्ञा गर्दछौँ कि, तिमीहरूले अल्छे भाइहरूलाई अलग गर जसले हामीले सिकाएको परम्परालाई कार्यान्वयन गर्दैनन् जुन कुराहरू तिमीहरूले हामीबाट ग्रहण गरेका छौ ।

[7] तिमीहरू आफैलाई थाहा छ, कि कसरी तिमीहरूले हाम्रो अनुकरण गरेका छौ जसरी हामीले तिमीहरूका बीचमा अल्छीपना देखाएनौँ,

[8] न त हामीले सित्तैँमा कसैको खाना नै खायौँ, तर त्‍यसको सट्टामा हामी कसैको भार बनेनौँ भनेर हामीले मेहनत गर्‍यौँ, रातदिन काम गर्‍यौँ ।

[9] यसको अर्थ हामीसँग अधिकार छैन भनेको होइन, तर हामी तिमीहरूको निम्ति उदाहरण भयौँ ताकि तिमीले हाम्रो अनुकरण गर्न सक ।

[10] हामी तिमीहरूसँग हुँदा आज्ञा गरेका थियौँ, “यदि कसैले काम गर्न चाहँदैन भने, उसले खाना पनि नखाओस्” ।

[11] किनकि हामीले सुन्‍यौँ कोही-कोही अल्छी भएर काम नगरीकन तिमीहरूको माझमा हिँड्दछन्, तिनीहरू काम गर्दैनन् तर अर्काको काममा हात लगाउनेहरू भएका छन् ।

[12] यस्ताहरूलाई हामी ख्रीष्‍ट येशूमा उत्साह र आज्ञा दिँदछौँ, ताकि तिनीहरू शान्‍तसँग काम गरून् र आफ्नै मेहनतद्वारा जीविकोपार्जन गरून् ।

[13] तर तिमी भाइहरू हो, हृदयलाई जे असल छ त्‍यो गर्नबाट वञ्‍चित नगर,

[14] यदि कसैले यो पत्रमा लेखिएको आज्ञालाई पालना गर्दैन भने, उसको विषयमा ख्याल गर र उसलाई सहभागी नगराओ ताकि ऊ शर्ममा परोस् ।

[15] उसलाई शत्रुलाई झैँ व्यवहार नगर तर आफ्नो भाइ सम्झेर सुझाव देओ ।

[16] शान्‍तिका परमेश्‍वर आफैँले तिमीहरूलाई सदासर्वदाका लागि शान्‍ति प्रदान गरून् ।

[17] यो मेरो अभिवादन हो, म पावल आफ्नै हातले हरेक पत्रहरू लेखेको हो भन्‍ने चिन्ह हो ।

[18] हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरू सबैमा रहोस् ।

थेसलोनिकीहरूलाई पावलको दोस्रो पत्र — Chapters