Skip to content
Opens in a new window
Listen to this chapter • 2:05

[1] तर तिमीले उचित सिद्धान्‍तसँग मिल्ने कुरो मात्र भन्‍नू ।

[2] वृद्ध पुरुषहरू संयम्, प्रतिष्‍ठित, समझदार, विश्‍वासमा, प्रेममा र धैर्यमा पक्‍का हुनुपर्छ ।

[3] त्‍यसैगरी वृद्धा स्‍त्रीहरू कुरौटे होइन, सदैव आफैँलाई आदरणीय प्रस्तुत गर्नुपर्छ । तिनीहरूले मद्य पिइरहनु हुदैन ।

[4] तजवान स्‍त्रीहरूलाई तिनीहरूको सोचमा सन्‍तुलित हुन आह्वान गर्न, तिनीहरूका आफ्ना पतिहरू र बालबालिकाहरूलाई प्रेम गर्न उत्साह दिन, समझदार हुन,

[5] शुद्ध, असल गृहिणी र तिनीहरूका पतिहरूका आज्ञा पालन गर्न तिनीहरूले जे असल छ त्‍यही सिकाउनुपर्छ, ताकि परमेश्‍वरको वचनको निन्‍दा नगरियोस् ।

[6] त्‍यसै गरी जवान पुरुषहरूलाई समझदार हुनलाई आह्वान गर ।

[7] सबै कुरामा आफैलाई असल कामहरूको एउटा नमुनाको रूपमा प्रस्तुत गर, तिमीले सिकाउँदा शुद्धता, प्रतिष्‍ठा र निन्‍दा गर्न नसक्‍ने बोली-वचन देखाऊ ।

[8] सच्‍याउनु नै नपर्ने शब्दहरू बोल, तर यदि उनले तिम्रो विरोध गर्न प्रयास गरे भने हामी बारे भन्‍ने कुनै पनि खराब कुरा नभएकोले त्‍यसले कसैमाथि शर्म ल्याओस् ।

[9] दासहरूले हरेक कुरामा तिनीहरूका मालिकहरूका आज्ञा पालन गरून् । तिनीहरूले उनीहरूलाई खुसी पार्न प्रयास गर्नुपर्छ, र तिनीहरूसँग विवाद नगरून्,

[10] र कुनै पनि थोक नचोरून्, तर तिनीहरूले असल विश्‍वास प्रकट गरून्, ताकि तिनीहरूले हाम्रा मुक्‍तिदाता परमेश्‍वरबारेको हाम्रो शिक्षालाई हरतरहले आकर्षक बनाऊन् ।

[11] हेर, हामीले खुसीसाथ आशा गरिरहेका अर्थात् हाम्रा महान् परमेश्‍वर र मुक्‍तिदाता येशू ख्रीष्‍टको महिमा प्रकट हुने कुरालाई हामीले प्राप्‍त गर्न प्रतिक्षा गर्दा, हरेककहाँ मुक्‍ति ल्याउन सक्षम परमेश्‍वरको अनुग्रह देखा परेको छ,

[12] र हामीलाई अधार्मिकता र संसारिक इच्‍छाहरूलाई इन्कार गर्न अनि यस युगमा समझदार,

[13] धार्मिक र ईश्‍वरीय जीवन जिउन तालिम दिन्‍छ ।

[14] येशूले हामीलाई अधार्मिकताबाट स्वतन्‍त्र पार्न, र आफ्नै निम्ति जे असल छ त्‍यही गर्न इच्‍छुक मूल्यवान मानिसहरू अर्थात् शुद्ध बनाउन आफैँलाई हाम्रो निम्ति दिनुभयो ।

[15] यी कुराहरू भन, र उत्साह देऊ, र सारा अधिकारसहित सच्‍याऊ । तिमीलाई कसैले अनादर नगरोस् ।

तीतसलाई पावलको पत्र — Chapters