[1] अहिले आत्माले प्रष्टसँग भन्नुहुन्छ कि पछि आउने समयमा केही मानिसहरूले विश्वासलाई त्याग्नेछन् र छली आत्माहरू र भूतप्रेतका शिक्षाहरू तिर ध्यान दिनेछन् ।
[2] झूटा कपटहरू ध्यान दिनेछन् । तिनीहरूको आफ्नै विवेक तातो फलामले दामिनेछ ।
[3] तिनीहरूले विवाह गर्न र खाना खान मनाही गर्नेछन् जून कुरा सत्यलाई जान्ने विश्वासीहरूको बीचमा धन्यवाद दिएर बाँडचुड गर्नलाई परमेश्वरले सृष्टि गर्नुभयो ।
[4] किनकि परमेश्वरले सृष्टि गर्नुभएको हरेक चिज असल छ । हामीले धन्यवाद दिएर लिएका कुनै कुराहरू इन्कार गरिनु हुन्न ।
[5] किनकि यो परमेश्वरको वचन र प्रार्थनाद्वारा त्यसलाई समर्पित गरिएको छ ।
[6] यदि तिमीले यी कुराहरू दाजुभाइहरूको अगाडि राखीदियौ भने, तिमी येशू ख्रीष्टको असल सेवक हुनेछौ । किनकि तिमी विश्वासको वचन र तिमीले पछ्याएको असल शिक्षाद्वारा पोषित हुनेछौ ।
[7] तर वृद्ध स्त्रीहरूबाट प्रेम गरे गरिएका संसारिक कथाहरू अस्वीकार । बरू आफैँलाई भक्तिमा तालिम देऊ ।
[8] किनकि शारीरिक तालिम केही उपयोगी हुन्छ तर भक्तिचाहिँ सबै कुराको लागि उपयोगी हुन्छ । यसमा यो अहिलेको जीवन र आउने जीवनको लागि प्रतिज्ञा रहेको हुन्छ ।
[9] यो सन्देश भरोसायोग्य र पुरा स्वीकारको योग्य छ ।
[10] किनकि हामी यसैको लागि हामी संघर्ष र कठिन परिश्रम गर्छौं । किनभने हामीलाई जीवित परमेश्वरमा भरोसा छ, जो सबै मानिसहरू, विशेष गरी विश्वासीहरूका उद्धारकर्ता हुनुहुन्छ ।
[11] यी कुराहरू घोषणा गर र सिकाऊ ।
[12] कसैले पनि तिम्रो जवानीलाई तुच्छ नठानोस् बरू, तिमी विश्वास गर्नेहरूको लागि वचनमा, व्यवहारमा, प्रेममा, विश्वासमा, र पवित्रतामा उदाहरण होऊ ।
[13] म नआउदासम्म वचन पढाईमा, अर्ति दिने कुरामा, र शिक्षा दिने कुरामा ध्यान देऊ ।
[14] तिमीमा भएको वरदानलाई हेला नगर, जुन वरदान एल्डरहरूले हात राखेर अगमवाणीद्वारा तिमीलाई दिइएको थियो ।
[15] यी कुराहरूको ख्याल राख । तिनीहरूमा लागिबस, ताकि तिम्रो प्रगति सबै मानिसहरूको सामू प्रकट होस् ।
[16] आफैँलाई र आफ्नो शिक्षालाई होशियारीसाथ ध्यान देऊ । यी कुराहरूमा निरन्तर ध्यान देऊ किनकि यसो गर्नाले तिमीले आफुलाई र तिम्रो वचन सुन्नेहरूलाई बचाउने छौ ।