29 May 2026
कुराकानी: आफ्ना बुवा एड्मन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको सगरमाथा आरोहणलाई सम्झँदै पिटर हिलारी
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
About
सन् १९५३ मा सर एड्मन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले संसारकै सर्वोच्च शिखर सगरमाथामा पहिलो सफल आरोहण गरेको सम्झनामा हरेक वर्ष मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाउने गरिन्छ। यस अवसरमा हामी आज तपाईँको भेट गराउँदै छौँ, सर एड्मन्ड हिलारीका छोरा पिटर हिलारीसँग। आफ्ना बुवाजस्तै अनुभवी पर्वतारोही रहेका उनले, सगरमाथा दुई पटक आरोहण गरिसकेका छन् र उक्त हिमाल सम्बन्धि विभिन्न अभियानहरूमा पनि उनी संलग्न रहिसकेका छन्। न्यु जिल्यान्डका पिटर हिलारी नेपाल लगायत हिमालय क्षेत्रमा परोपकारी काम गर्दै आएको अस्ट्रेलियन हिमालयन फाउन्डेसन एएचएफका एक संस्थापक निर्देशक पनि हुन्। विश्व चर्चित बुवासँग हुर्कँदाको बाल्यकाल, अस्ट्रेलिया-नेपाल सम्बन्धको भविष्य र सगरमाथामा केही दिन अगि देखिएको रेकर्ड तोड्ने भिडबारे पिटर हिलारीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।